तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक,सांस्कृतिक सद्भाव आजको आवश्यकता : मुख्यमन्त्री चौधरी

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अहिलेको अवस्थामा एकताको मुल श्रोत संस्कृति रहेको बताउनुभएको छ ।आफ्नो संस्कृतिको जगेर्ना तथा अरूका संस्कृतिको सम्मान गरेर अघि बढ्न सके मात्र भातृत्व र एकताको सन्देश दिन सकिने बताउनुभयो ।

थारु समुदायको विशेष पर्व जितियाको अवसरमा बर्दघाट ६ मा आयोजित समारोहमा मुख्यमन्त्री चौधरीले धार्मिक,सांस्कृतिक सद्भाव नै आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । आफ्नो कला संस्कृतिलाई अब आय आर्जनको बाटो बनाई आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा मुख्यमन्त्री चौधरीले जोड दिनुभयो ।

हरेक महिला र युवाशक्तिलाई स्वरोजगार बनाएर मुलुकमै बस्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार आर्थिक विकासको यात्रामा अघि बढेको दाबी गर्नुभयो ।

पछिल्लो समय देशमा सद्भाव खलबलिन खोजेको भन्दै मुख्यमन्त्री चौधरीले सबैले सबैको अस्तित्व, पहिचान र धर्म संस्कृतिको सम्मान गर्दै एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button