तपाईँ सुन्दै हुनुहुन्छः

गाडी सहित २७ क्विन्टल अवैध चिनी बरामद

नवलपरासी I प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी आज बिहान  बरामद गरेको छ ।

५४ वटा बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको अवस्थामा रामग्राम -८ परासीस्थित भैँसी बजारबाट चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको  प्रहरीले जनाएको छ । बरामद भएको १ लाख २९ हजार ६ सय मूल्य बराबरको को चिनी पिकप सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाइएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button