प्रचारमा राखेका मदिरा कम्पनीहरूका बोर्डहरू हटाउँदै कोहलपुर नगरपालिका

बाँके । कोहलपुर नगरपालिकाभित्र मदिरा प्रसारमा राखेका बोर्डहरूमा हटाउने अभियान जारी गरेको छ ।
कोहलपुर नगरपालिकाले साउन पहिलो हप्ता देखि सूचना जारी गर्दै विभिन्न मदिरा कम्पनीहरूले प्रचारको लागि बनाएको बोर्डहरू हटाउँदै आएको छ ।
नगर क्षेत्रमा आफ्नो व्यवसायको बोर्ड बाहेक अन्य मदिरा कम्पनीहरूले आफ्नो प्रचारको लागि राखिएको बोर्डहरू हटाउँदै गएको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिनुभएको छ ।
थापाले‘पहिलो सूचना जारी भएपछि करिब ५० जना व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा बोर्डहरू हटाउनुभएको बताउनु भयो। ‘कोहलपुर नगर क्षेत्र भित्र करिब २ सय बढी मदिरा प्रचारमा राखेका बोर्डहरू रहेका छन् ती बोर्डहरू हटाउने पक्रियामा हुनुहुन्छ ।
अहिलेसम्म स्वतःस्फूर्त रुपमा हटाउनुभएको छ, व्यवसायीहरूले आफ्नो ब्यानर करिब ३० स्क्विार फिट बराबरको ब्यानर राख्नुपर्ने अन्य मदिरा र थप अन्य बोर्डहरू हटाउँदै गएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।
थापाका अनुसार आजबाट नहटाएका स्थानहरू हेरफेर गरेको र भोलीबाट नगर प्रहरीले सक्ने जति हटाउने अझै ठुला ठुला बोर्डहरू भएको खण्डमा मेसिनले हटाउने जानकारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्