बर्दियामा गैंडा मृत फेला
नेपालगन्ज। बर्दियामा एउटा पोथी गैंडा मृत फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा गैंडा मृत फेला परेको थियो । निकुञ्जबाटै निस्केको गैंडा मृत भेटिएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैंडा मृत फेला परेको जानकारी दिनुभयो ।
मृत्यु भएको पोथी गैंडासँग बच्चा समेत रहेको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्