तपाईँ सुन्दै हुनुहुन्छः

कोरोला नाकासम्मको सडक र भौतिक संरचना तत्काल निर्माण गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको गौरवको आयोजना कोरोला नाकासम्मको सडक र नाकामा भौतिक संरचना तत्काल निर्माण गर्नुपर्ने बताउनु भएको छ । । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा बिहीबार पुगेर स्थलगत निरीक्षण गरेपछि उहाँले प्रदेशको आर्थिक विकास समृद्धिको लागि उक्त नाकामा भौतिक संरचना सहित उक्त सडकखण्ड तत्काल निर्माण गर्नु पर्ने बताउनु भएको हो । 

कोरोला नाकाको तिब्बत तर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै उहाँले हाम्रो तर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्नेमा जोड दिनु भएको हो । नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ भन्सार कार्यालय, चेक पोष्ट सहितका सबै तयारी भएको मुख्यमन्त्री पाण्डेले नाका खोल्ने योजना भइरहँदा भने गण्डकी प्रदेशको उत्तरी नाका मुस्ताङ तर्फ कुनैपनि संरचना नहुँदा भोली समस्या आउन सक्ने जनाउनु भयो । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उहाँले इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रो तर्फपनि भौतिक संरचना निर्माण गर्न जरुरी रहेको दाबी गर्नु भयो । 

नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउन तर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । कोरोला नाका सम्मको सडक पनि संघ सरकारको गौरवको योजना भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रो तर्फपनि भौतिक संरचना जरुरी भएको दाबी गर्नु भयो । यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको बताउँदै इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रो तर्फपनि भौतिक संरचना जरुरी हुन्छ’ उहाँले भन्नुभयो मन्त्री पाण्डेले निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको गुनासो गर्नुभयो । छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने उहाँको भनाई थियो । 

पछिल्लो चिन भ्रमणका बेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको थियो । उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो “नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्ने तर्फ हाम्रो प्रयास केन्द्रित छ । ”

सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठक समेत कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको थियो । 

कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायतको सहभागी भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले बताउनु भयो । 

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत,  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सुदर्शन देवकोटा, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहितको टोलीले सिमावर्ती क्षेत्रको १० भन्दा बढी गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्नु भएको थियो । 

प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु वर्ष बिनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरू र स्थानीयबिच अन्तरक्रिया भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button