नेपाल आइकोओको कालो सूचीबाट हट्ने : पर्यटन मन्त्री किराँती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकोओ)ले नेपालको हवाई क्षेत्र सुरक्षित हुँदै गएकाले कालो सूचीबाट हटाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री किरातीले गत वर्ष कालो सूचीबाट हटाउन लागेका बेला पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएका कारण प्रक्रिया लम्बिएको बताउनुभयो ।
प्रशिक्षक, पाइलट र पार्टपुर्जाका अभावमा बन्द भएको चिनिया जहाजले आर्थिक भार बढाएको बताउँदै मन्त्री किरातीले त्यसको व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

किरातीले सरकारले नेपाल वायुसेवा निगमलाई ४ अर्ब ऋण तिरेका कारण निगम सञ्चालन कस्टमा नाफा भएको बताउँदै मन्त्री किरातीले साना जहाज खरिद प्रक्रिया अघि बढेको बैठकमा जानकारी गराउनुभयो ।
सरकारले नेपालमा पहिलोपटक पर्यटन विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको बताउँदै मन्त्री किरातीले प्राविधिक समिति गठन गरी रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न लागिएको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले नेपालमा हवाई सुरक्षा नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै सरकारले अन्तर्राष्ट्रिय तहमा नेपाल सुरक्षित गन्तव्य हो भनेर प्रचार गर्न नसकेको बताउनुभयो ।
समितिका सभापति राजकिशोर यादवले नेपालले खरिद गरेर ग्राउण्डेट अवस्थामा राखेको चिनियाँ जहाज व्यवस्थापनका पुन छलफल गरेर सरकारलाई निर्देशन दिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्