तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटको विकासका लागि तीनै तहका सरकार लाग्नुपर्छ : अध्यक्ष चन्द

डडेलधुरा । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटको विकासका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

डडेल्धुरामा पत्रकारहरूसँग प्रतिक्रिया दिनुहुँदै चन्दले क्रिकेट सङ्घले मात्रै क्रिकेटको विकास गर्न नसक्ने बताउनुभयो ।

यतिबेला नेपाललाई क्रिकेटले विश्वसामु चिनाएको र आगामी दिनमा अझै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा खेल मैदानको निमार्णका लागि आफु लागिपर्ने बताउनुहुँदै उहाँले मङ्गलवार चीनमा हुन लागेको एसियाली खेलकुद अन्तरगत क्वाटर फाइनलमा भारतसँग हुने खेलमा नेपालको जितका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button