तपाईँ सुन्दै हुनुहुन्छः

नेकोस खेलकुद महोत्सव अन्तर्गत स्केटबोर्डमा कोशीका राई प्रथम

पोखरा । कोशी प्रदेशका वसन्त राई नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत स्केटबोर्ड तर्फको प्रतिस्पर्धामा विजेता हुनुभएको छ ।

नेपाल खेलकुद महासङ्घ समाजवादीको आयोजनामा हालै पोखरामा सम्पन्न प्रतियोगितामा स्केटबोर्ड तथा स्केट बोर्डिङ खुल्ला तर्फको प्रतियोगितामा राईले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता हुनुभएको हो ।

कोशी प्रदेशकै शरद कुमार राई दोस्रो हुँदा मधेश प्रदेशका अंकित यादव तेस्रो हुनुभयो । स्केटबोर्डकै प्रदेश स्तरीय पुरुषतर्फ वसन्त राई पहिलो, कोशीका शरद कुमार राई दोस्रो र कोशीकै धिरज परियार तेस्रो हुनुभयो ।

प्रतियोगितामा महिलातर्फ कोशी प्रदेशकी समीक्षा राई प्रथम, बागमतीका अर्विन लामा द्वितीय र लुम्बिनीका खुसी राई तेस्रो हुनुभयो । जुनियरतर्फ लुम्बिनी प्रदेशका अविनाश कुमाल प्रथम, द्वितीय लुम्बिनीकै याम बहादुर कामु र लुम्बिनीका अभिषेक दर्जी तेस्रो हुनुभयो ।

प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्रका साथमा नगद ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको नेकोस गण्डकी प्रदेश सचिव डाक्टर डिलाराम लामिछानेले बताउनुभयो ।

विजेता खेलाडीहरूलाई नेकोसका केन्द्रिय उपाध्यक्ष यादव बस्नेत, परिषद्का उपाध्यक्ष ध्वज कुमार गुरुङ, निमित्त सदस्य सचिव केशव पाठक, नेकोस समाजवादीका नेकोसका उपमहासचिव तथा नेकोस प्रतियोगिता विभागका प्रमुख अनिल रिजाल गण्डकी नेकोसका अध्यक्ष नवराज अधिकारीले नगद, प्रमाणपत्र तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा ४८ खेलाडीहरूको सहभागिता रहेको नेकोस कास्की जिल्ला उपाध्यक्ष घननाथ सापकोटाले बताउनुभयो । उक्त महोत्सव अन्तर्गत पोखरामा योग खेल सहित दुई खेल सम्पन्न भएसँगै अब हेटौडामा एक तथा बाँकी ७ खेल काठमाडौँ र ललितपुरमा हुने महासङ्घका अध्यक्ष केशव कुमार विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button