तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ I नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो ।

आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ ।

होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरू सबै समूहका उपसूचक बढेको छन् । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया बैङ्क लिमिटेडको रु २१ करोड ६८ लाख नौ हजार एक सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button