तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

काठमाडौँ I नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button