तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दूधको गुणस्तर कायम गर्न दुग्ध व्यवसायीको पहल

बाँके ।दूधमा गुणस्तरीयता कायम गर्न स्वयम् दुग्ध व्यवसायी लागेका छन् । उनीहरूले आन्तरिक रूपमा अनुगमन गर्दै व्यवसायीहरूलाई दूधको गुणस्तरीयतामा कमी आउन नदिन अनुरोध गरिरहेका छन् ।

‘हामी दूधको गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नेमा दृढ छौँ । त्यहीअनुसार अघि बढिरहेका छौँ । व्यवसायी साथीहरूलाई सचेत र सजग बनाएका छौँ,’ दुग्ध व्यवसायी संघका अध्यक्ष दीपक भण्डारीले भन्नुभयो।

भण्डारीका अनुसार दूधको गुणस्तर परीक्षण गर्ने काम समेत भएको छ । सङ्घले आन्तरिक खपतलाई प्राथमिकता दिँदै गुणस्तरलाई महत्त्व दिइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button