झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ
भद्रपुर, झापा।झापामा पेन्टीभित्र लागुऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका–७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह मेचीनगर नगरपालिका–६ स्थित मेची पूलमा भारतबाट नेपालतर्फ आउँदै गरेका थेबे र उनका साथी श्रेष्ठलाई शङ्का लागेर चेकजाँच गर्दा थेबेले लगाएको पेन्टीको इलास्टिकभित्र ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको र दुबैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्