नेकोस खेलकुद महोत्सव : विष्ट मिस्टर योगी र ढकाल मिस योगिनी घोषित
पोखरा । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत आइतबार पोखरामा सम्पन्न भएको योग खेलमा पुरुषतर्फ सुदूर पश्चिम प्रदेशका रोशन विष्ट मिस्टर योगी घोषित भए भने महिलातर्फ बागमती प्रदेशकी विशिका ढकाल मिस योगिनी घोषित भइन् ।
सात प्रदेशबाट सहभागी ४९ योग खेलका खेलाडीहरूमध्ये पुरुषतर्फ विष्ट र महिलातर्फ ढकाल उत्कृष्ट हुँदै उक्त उपाधिको साथमा जनही नगद ६ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको गण्डकी नेकोशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो ।

१५ वर्ष मुनिका खेलाडीहरू सहभागी पुरुष तर्फको प्रतिस्पर्धामा कोशी प्रदेशका किरण मगर प्रथम हुनुभएको छ भने मधेश प्रदेशका शिव यादव द्वितीय, बागमती प्रदेशबाट अभि खत्री तेस्रो हुनुभयो । सोही इभेन्टमा महिलातर्फ मधेश प्रदेशकी स्वेच्छा थापा प्रथम, मधेश प्रदेशकै प्रज्ञा गौतम दोस्रो र बागमती प्रदेशकी सञ्चिता बाटी तेस्रो हुनुभयो ।
त्यसै गरी १५ देखि २५ वर्ष उमेर समूहमा सुदूर पश्चिम प्रदेशका रोशन विष्ट प्रथम, बागमती प्रदेशका भरत कुमार दोस्रो हुनुभयो भने बागमती प्रदेशकै मनिश श्रेष्ठ तेस्रो हुनुभयो । सोही इभेन्टमा महिलातर्फ बागमती प्रदेशकी विशिका ढकाल प्रथम, कोशी प्रदेशकी चाँदनी दर्जी दोस्रो र सुदूर पश्चिम प्रदेशकी पुष्पा नाथ तेस्रो हुनुभयो ।
२५ देखि ३९ वर्ष उमेर समूहमा गण्डकी प्रदेशका नीलकण्ठ लामिछाने प्रथम, अन्तर्गत प्रथम, बागमती प्रदेशका सन्दीप महर्जन दोस्रो र कोशी प्रदेशका मोहन पौडेल तेस्रो हुनुभयो । सोही इभेन्टमा महिलातर्फ मधेश प्रदेशकी सोनु खडका प्रथम, गण्डकी प्रदेशकी रेनुका खडका र बागमती प्रदेशकी सुनिता पताकोटी तेस्रो हुनुभयो ।
त्यसै गरी ४० वर्ष उमेर माथिको प्रतिस्पर्धामा बागमती प्रदेशका राज कुमार ओडारी प्रथम, कोशी प्रदेशका बलराम ढुङ्गाना दोस्रो र गण्डकी प्रदेशका कमल नाथ लम्साल तेस्रो हुनुभयो । सोही इभेन्टको महिलातर्फ बागमती प्रदेशकी रविना शाक्य प्रथम, गण्डकी प्रदेशकी कमला गुरुङ दोस्रो र मधेश प्रदेशकी नारायणी रेग्मी तेस्रो हुनुभयो । हरेक समूहमा पहिलो, दोस्रो र तेस्रो हुनले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद प्राप्त गर्नुभएको केन्द्रिय सदस्य पुष्कर राज पन्तले बताउनुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई नेकोसका केन्द्रिय अध्यक्ष तथा पूर्व राखेपका सदस्य सचिव केशब कुमार विष्ट, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, सल्लाहकार खडक रानाभाट, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रो.सूर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डेय, डाक्टर आनन्द गैरे, महासचिव चूडामणि खरेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
नेपाल खेलकुद महासङ्घ समाजवादीको आयोजनामा असोज १३ देखि २३ गतेसम्म नेकोस च्याम्पियनसिप तथा खेलकुद महोत्सव २०८० अन्तर्गत पोखरामा दुई दिन योग खेल र स्कोर बाेर्डको राष्ट्रिय प्रतियोगिता भएको हो । नेकोसको आयोजना तथा नेपाल योग खेलकुद सङ्घको प्राविधिक सहयोगमा आइतबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा सात प्रदेशका २५ महिला तथा २४ पुरुष गरी ४९ योग खेलका खेलाडीहरू सहभागी रहेको महासङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्