तपाईँ सुन्दै हुनुहुन्छः

खतिवडा पुन : अमार्कको उपाध्यक्षमा निर्वाचित

बैंकक , थाइल्यान्ड  ।  सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्व  अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क) एसिया प्यासिफिकको उपाध्यक्ष पदमा पुन :  सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

थाइल्यान्डको बैकक सहरमा हिजो  सम्पन्न अमार्कको पाँचौँ सम्मेलनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुनुहुन्छ । उहाँले नेपाल लगायत  सम्पुर्ण सामुदायिक रेडियोको  उन्नतिका लागि सदैव लाग्ने प्रतिबद्धता जनाउनुभयो । भारतका रामनाथ भाट  पनि  पुन : अर्को कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button