सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका १२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया धूर्वी बोहरा र शारदा नगरपालिका १५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुवैलाई सल्यान जिल्ला अस्पतालमा चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक शारदा नगरपालिका १ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा न १२ कागखोलाका ५० वर्षीय काली बहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका ५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका १२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन् ।
यस्तै शारदा नगरपालिका १४ का २४ वर्षीया निरु कुँवर, वडा न १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षीया हिमा ओली, २५ वर्षीया टिका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, वडा न १३ बस्ने ७५ वर्षीया जिउली बोहरा, रहेका छन् । घाइते सबैको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार साँझ छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्ची सडकमा छत्रेश्वरी गाउँपालिका ५ लेख पोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो । गाडी सडकबाट करिब ६० मिटर तल खसेको छ ।







प्रतिक्रिया राख्नुहोस्