सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्ची सडकमा लेख पोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्