तपाईँ सुन्दै हुनुहुन्छः

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

चीन । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।

गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अङ्कले जितिन् ।

यसैगरी महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४–० सोझो सेटमै पराजित भइन् । नविताले उक्त खेल ५–११, ४–११, ३–११ र २–११ अङ्कले गुमाइन् ।

यस्तै महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३–० को सोझो सटमा पराजित भयो । सिक्का र नविताले उक्त खेल ३–११, ४–११ र १–११ अङ्कले गुमाउन पुगे ।

यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ । अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button