तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा भएको प्लाष्टिक सर्जरी शिविरमा २४० जनाको शल्यक्रिया

टीकापुर, कैलाली । टीकापुरमा भएको प्लाष्टिक सर्जरी शिविरमा २४० जनाको शल्यक्रिया गरिएको छ । 

४४७ पुरुष र ५४९ महिला गरी ९९६ जनाले उपचार सेवा लिएकोमा २४० जनाको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । 

शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र १४९ महिला छन् । शिविरमा उपचार सेवा लिन आएकामध्ये १७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँ रेफर गरिएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले जानकारी दिनुभयो । 

४ दिनसम्म टीकापुर अस्पतालमा सञ्चालन भएको शिविर समापन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको बताउँदै निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टिमलाई धन्यवाद दिनुभयो । 

असोज ७ गतेबाट १० गतेसम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग तथा टीकापुर नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button