तपाईँ सुन्दै हुनुहुन्छः

पैगम्वरको सम्झनामा शान्ति र्‍याली

विराटनगर I मुस्लिम समुदायको विशेष पर्व पैगम्वर  हजरत  मोहमद्ध जन्मदिनको अवसरमा  विराटनगरमा आज मुस्लिम समुदायले धार्मिक सान्ती र्‍याली निकालेका  छन् ।

विराटनगरको जतुवा स्थित  गरिव नमाज जामेमस्जिद वाट निकालेको र्‍यालीले महानगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 

 सो अवसरमा विराटनगरको सरोचीया, भटाचौक,सोमवारे  हाट, गुद्रीवजार, घोगापुल लगायतका  जामेमस्जिदवाट बिहानै देखि  र्‍याली निकालिएको मुस्लिम समुदायका युवा नेता वासीम आलमले बताउनुभयो । 

शान्तिको सन्देश दिने पैगम्वरको सम्झनामा देशमा शान्ति  अमनचयन, सामाजिक तथा जातीय  सद्भाव एकता कायम होस  भन्दै मुस्लिम समुदायहरूले विभिन्न मस्जिदहरूमा प्रार्थना गर्दै यो पर्व मनाई  रहेको आलमले बताउनुभयो ।

गरीव  नमाज जामे मस्जिदका  अध्यक्ष मोहमद्ध रुस्तमले पर्वको  अवसरमा   मुस्लिम समुदायले पैगम्वरको सम्झनामा  बालबालिकालाई  खानेकुरा ख्वाउने,  मस्जिदहरूमा नमाज पढ्ने लगायत  विभिन्न कार्यक्रम भइरहेको अध्यक्ष रुस्तमले  बताउनुभयो । हरेक वर्ष विराटनगरमा आजको दिन मुस्लिम समुदायले  पैगम्वरको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button