९ वर्षीय बालिकामाथि दुष्कर्म गरेको आरोपमा ४० वर्षका पुरुष पक्राउ
दाङ । दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेको प्रहरीले बताएका छ ।
उहाँलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मङ्गलवार दिउँसो पक्राउ गरि आज सार्वजनिक गरेको हाे । बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्