तपाईँ सुन्दै हुनुहुन्छः

महम्मद डेका अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

वीरगंज । मधेश प्रदेश सरकारले बिहीबार महम्मद डे अर्थात् पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

मधेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलद्वारा आज एक सूचनामा मुस्लिम समुदायको विशेष बर्ष पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय मधेश प्रदेश सरकारले गरेको कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button