तपाईँ सुन्दै हुनुहुन्छः

एमाले बागमती अधिवेशन : सहमति प्रयास गर्दा निर्वाचन प्रक्रिया लम्बियो 

काठमाडौँ । नेकपा एमालेको जारी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा मनोनयन दर्तामा ढिलाई भएको छ ।  

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि अपराह्न ३ बजेबाट मनोनयन फारम वितरण गरिने, ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता, ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको अधिवेशन प्रतिनिधि एवं एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य प्रेमराज सिलवालले जानकारी दिनुभयो । 

एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भोली मतदान हुने कार्यतालिका रहेको छ । अधिवेशनमा बागमती प्रदेशका करिब १२ सय प्रतिनिधि सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button