तपाईँ सुन्दै हुनुहुन्छः

सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस हुने

काठमाडौँ। काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button