दाङमा बस दुर्घटना २७ घाइते ५ को अवस्था गम्भीर

दाङ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
दुर्घटनामा परी वीरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गङ्गादेवी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा नम्बर ६ बर्दिया निवासी बर्ष ३७ को तिलक सुनार, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ४ सुर्खेत बस्ने बर्ष १९ को पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष ३० का सुनाईल थापा गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख-०३६२ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका ९ अमिलियामा मङ्गलवार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।चालक फरार रहेको प्रहरीले जनाएको छ ।
बसमा करिब ३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । घाइतेहरूको उद्धार गरि हस्पिटल पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्