संसदीय समितिको बैठक : सार्वजनिक सेवा प्रसारण विधेयकका विषयमा छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । आज दिउसो १ बजे बस्ने समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सैद्धान्तिक विषयमा छलफल हुनेछ ।
सरकारी सञ्चार माध्यमका रूपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्न सार्वजनिक सेवा प्रसारण विधेयक ल्याइएको हो । राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएको उक्त विधेयक समितिको छलफल पछि प्रतिनिधि सभामा पठाइनेछ।








प्रतिक्रिया राख्नुहोस्