तपाईँ सुन्दै हुनुहुन्छः

सबै हिसाबले नेपालको भूमि उर्वर छ : अध्यक्ष तिमिल्सिना

नवलपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताउनुभएको छ । उहाँले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रममा उहाँले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताउनुभयो ।

नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखिएको तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँको भनाइ थियो । “नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।”

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button