‘जनताले अनुभूति गर्ने गरी काम गर्छौँ’
दाङ । लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले आफू मन्त्री रहँदा सम्म जनताले अनुभूति गर्ने गरी विकास गर्ने बताउनुभएको छ ।

मन्त्री मास्कीले अहिले धेरै योजनाहरू समावेश गरिएको र बाँकी योजनाका काम आफ्नो कार्यकालभित्रै पूरा गर्ने बताउनुभयो ।
पश्चिम दाङमा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले जनताका मागअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्