तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको खजुरी चनहामा ८ सयले पाए जग्गाधनी पुर्जा

जनकपुरधाम । पुस्तौँदेखि बस्दै आएका धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरी चनहाका स्थानीयबासीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

साबिकमा खजुरी चनहा गाविसका ७ सय ८४ गाउँ ब्लकमा बसोबास गर्ने परिवारलाई नापी कार्यालय धनुषाले तीन दिन लगाएर जग्गाधनी प्रमाण पुर्जा वितरण गरेपछि उनीहरू निक्कै खुसी भएका छन् ।

नेपाल सरकारको नीति अनुसार खजुरी चनहाका स्थानीय बासिन्दालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख, प्रमुख नापी अधिकृत सुमनकान्त मिश्रले जानकारी दिनुभयो ।

सो गाउँका जनतालाई वातावरणको संरक्षणका लागि बोटबिरुवाको महत्त्व दर्शाउन तथा घरसंगै रुख लगाउन डिभिजन वन कार्यालय धनुषाले निःशुल्क बिरुवा वितरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button