तपाईँ सुन्दै हुनुहुन्छः

उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ ।

करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका हुन् ।

सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button