तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकी स्थित नालीमा युवतीको शव फेला, हत्याको आंशका

बाँके । हत्या गरेर फालिएको अवस्थामा बाँकेमा एक युवतीको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–४ जानकी नगरस्थित कच्ची सडक छेउको पानी रहेको नालीमा युवतीको शव फेला परेको हो ।

खजुरा गाउँपालिका–७ घर भएकी २० वर्षीया माया कुम्हारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनु भएको छ।

‘केही दिनदेखि मृत युवती श्रीमान्सहित हराइरहेको सूचना आएको थियो, हराइरहेकी युवतीको शव शङ्कास्पद अवस्थामा भेटिएको छ । श्रीमान् भने अझै सम्पर्कमा छैनन् ।’
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले मायाको हत्या गरेर सडक छेउको नालीमा फालिएको आंशका गरेका छन् ।

फरार रहेका मृतकका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले खोजी गरिरहेको छ । भने सोहीअनुसार नै घटनाको अनुसन्धान थालिएको डिएसपी डाँगीले जानकारी दिनुभएको छ।

‘घटनाक्रम र प्रारम्भिक अनुसन्धानले हत्या गरेको हुनसक्ने देखिन्छ । हामीले सोहीअनुसार नै अनुसन्धान अगाडि बढाएका छौ‌, पोस्टमार्टम रिपोर्टले थप केही खुल्ला, सत्यतथ्य चाँडै बाहिर ल्याउने छौ‌’, उहाँले जानकारी गराउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button