तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षकहरूको आन्दोलनप्रति दुवै पक्ष गम्भीर हुनुपर्छ’

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनलाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

file photo

पार्टी निकट राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीले आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उहाँले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । शिक्षाको विकास भएमात्र देशको मुहार फेरिने भएको चर्चा गर्दै उहाँले अब शैक्षिक विकासबाट नै देशको भविष्य निर्माण गर्न लाग्नुपर्छ भन्नुभयो ।

एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताउनुभयो । कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button