तपाईँ सुन्दै हुनुहुन्छः

खाल्डोमा डुबेर बालिकाको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिका ४ पण्डितपुरवा स्थित हुलाकी सडक खण्डको छेउ पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने मोहमद रफिक नाउँकी छोरी वर्ष अन्दाजी ९ की छोरी खुसनुमा सल्मानिको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक पुस्कर जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो ३ः१५ बजे खुसनुमा सल्मानिको खाल्डोमा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button