विकासका लागि तीनै तहका सरकारले समन्वय गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आवश्यकता अनुसार विकास गर्न तीन तहका सरकारले समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्दै उहाँले विकासले पछि परेको म्याग्दी जिल्लालाई उकास्न तीन तहका जनप्रतिनिधिले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।
तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य नगरी एकले अर्कालाई आरोप लगाउँदा जनताले अपेक्षा गरेअनुरूप कार्यसम्पादन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले समाजमा लुकेर रहेका क्षमता र व्यक्तित्वलाई बाहिर ल्याउन नेपाल जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमविर गर्बुजा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी र विमला गौचनले युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था नेपाल जेसीजको बेनीमा भएको क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्