राउटे समुदायलाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले राउटे समुदाय लागि दसैँ खर्च व्यवस्थापन गर्ने बताउनु भएको छ ।
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँगको भेटघाटमा मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खे बहादुर शाहीको टोली लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, अर्थमन्त्री धन बहादुर मास्कि र प्रमुख सचिव राधिका अर्याल लगायत बीच भेटघाट भएको हो ।
भेटमा राउटे शाहीले सरकारसँग दसैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दसैँ खर्च दिन आग्रह गर्नुभयो । शाहिले भन्नुभयो दसैँ आइसक्यो, हाम्रो जनताले दसैँमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो । शाहीका अनुसार राउटे समुदायमा ८६ घरपरिवार रहेका छन् । शाहिले मुख्यमन्त्रीसँग आफ्ना जनताका लागि दसैँ मनाउन ,खसी खाना रु २ लाख दिनु पर्ने बताउनुभयो ।

शाहिले प्रदेशका सबै मन्त्रीहरूले हामीलाई दसैँ खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाँड्ने र दसैँ मनाउने बताउनुभयो । उहाँले आफूहरू अहिले दैलेखमा बसिरहेको र दसैँ खर्चका लागि दाङ आएको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि दसैँ खर्च सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । प्रदेश सरकार खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउँदै दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताउनुभयो ।
राउटेहरूलाई पहिले देखि नै सरकारले दसैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भन्नुभयो २र३ दिनमा सरकारको केही सहयोग हुन्छ ।
भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्