नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
काठमाडौँमा जारी शिक्षक आन्दोलनका कारण नेताहरू समयमै आउन नसक्ने लगायतका कारणले बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
आज बस्ने भनिएको बैठकमा पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता खतिवडाले बताउनुभयो ।
बैठक पर्सी बस्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्