सुरक्षा व्यवस्था सुद्धिढ बनाउन प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले सबै प्रकारको सुरक्षा व्यवस्था सुद्धिढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनमा विराटनगरमा आज नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई विपद्का सामान हस्तान्तरण कार्यक्रममा बाेल्नुहुँदै उहाँले पर्याप्त कानुन नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि प्रदेश सरकारले आवश्यक काम गर्न नसकिरहेको बताउनुभयो ।
सीमित साधन श्रोतका बाबजुदपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको कामको सराहना गर्दै मुख्यमन्त्री कार्कीले कहिदिनमा कोशी प्रदेशको बजेट पास हुने र सो बजेट थप गरेर भएपनि प्रहरीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
प्रदेशमा सुरक्षा प्रबन्धका लागि आवश्यक पूर्वाधार निमार्ण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।
सुरक्षाका लागि विगतमा पनि प्रदेश सरकारले पूर्वाधार निमार्ण देखि सवारी साधन उपलब्ध गराउने विषयमा नेपाल प्रहरीलाई हर प्रकारको सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यस प्रकारको सहयोग गरिरहने उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले २०७२ सालको भूकम्प र कोरोनाको समयमा निर्वाह गरेको भूमिकाको समेत उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी कोशी प्रदेश विराटनगर प्रमुख राजेशनाथ बास्तोला तथा सशस्त्र प्रहरीवल न १ बराहा वाहिनी पकलीको प्रमुख अन्जनीकुमार पोखरेललेलाई विपद् व्यवस्थापन सम्बन्धी ड्रोन क्यामरा सहित ३८ प्रकारका विभिन्न सामान हस्तान्तरण गर्नु भएको थियो । प्रदेश सरकारले उपलब्ध गराएको सामानले विपद् व्यवस्थापनमा सहज हुने प्रहरी प्रमुखको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्