तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button