कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गरि बैठक आजका लागि सार्नुभएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्