तपाईँ सुन्दै हुनुहुन्छः

बारामा सुमो  दुर्घटना हुँदा ८ जना घाइते

बारा । बारामा सुमोको ब्रेक फेल भएर अम्लेखगंजमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा निजगढबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३८४७ न.को सुमो ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ । 

घाइते मध्ये एक को अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको वीरगंजस्थित  एल.एस.न्युरो अस्पतालमा उपचार हुँदै छ । घाइतेहरू निजगढ –८ बस्ने २० वर्षीय बिकास कुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, ६३ वर्षीय सजिया देवी चौधरी, वडा नं ०९ बस्ने १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीय सुमित्रा पौडेल न्यौपाने र उहाँका छोरा ८ वर्षीय सारांश न्यौपाने, जितपुरसिमरा उपमहानगरपालिका १६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ, अर्का एक जना जिल्ला सिन्धुली दुधौली नगरपालिका–९ बस्ने ७ वर्षीय किसान पोख्रेल रहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो  ।

प्रहरीले सुमो चालक निजगढ वडा नं.९ बस्ने बर्ष ३७ को दिल बहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button