तपाईँ सुन्दै हुनुहुन्छः

सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

अभियोग पत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा रु तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button