तपाईँ सुन्दै हुनुहुन्छः

नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

काठमाडौँ I राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उहाँले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिनु भएको उहाँका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिनुभयो । 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । 

गत सोमबार हृदयाघात भई नेम्बाङको निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button