तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा डुबेर एक जना बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझतिर नदीमा डुबेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिई उनको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button