सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु
सल्यान। सल्यानमा कोठामा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उहाँको ९ महिनाको छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार साँझ सुतेकोमा शनिबार बिहानसम्म कोही पनि नउठेपछि स्थानीयले ढोका खोली हेर्दा सुती रहेको विस्तारमा आगो सल्किन गई जली मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान कार्यलाई अघि बढाएको उहाँको भनाई छ ।
जलेर मृत्यु भएको भनिएका आमा छोरी टिनले छाएको एक तले कच्ची घरमा बस्दै आइरहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्