तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

बारा । रौतहटको गौर कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या परेकाे छ ।

सन् १९९० सालमा गौर नगरपालिका वडा नम्बर ८ मा निर्माण गरिएको सो कारागारको भवन जीर्ण हुँदा थप जोखिम बढेको छ । अधिकतम २ सय र न्यूनतम १ सय ६० जना कैदी बन्दी राख्ने क्षमता भएपनि अहिले कारागारमा महिला, पुरुष र बालबालिका गरि ३ सय ८१ जना कैदी बन्दी रहेको कारागार प्रमुख मणिभुषण शाहले जानकारी दिनुभयो ।

यहाँ १ सय ८९ जना पुरुष , १४ जना महिला कैदी बन्दी रहेका छन् भने भने थुनुवामा पुरुष १ सय ७१, महिला ५ जना, २ जना बालबालिका गरि जम्मा ३ सय ८१ कैदी बन्दी रहेका छन् प्रमुख शाहले भन्नुभयो। कारागारको छत माथि जस्तापाताले छाएका टहरा निर्माण गरि ७६ जना कैदी बन्दीलाई राखिएको उहाँले जानकारी दिनुभयो ।

गौर कारागारमा किचन, बरन्डा र भरयाङ्कमा समेत कैदीबन्दीहरुलाई राखिरहेको उहाँले जानकारी दिनुभयो । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको कैदीबन्दीहरु गुनासाे गर्छन् ।

क्षमताभन्दा बढी कैदी बन्दी राखिदा आफुहरुलाई शौचालय जानदेखि नुहाई धुवाईसमेत गर्न निकै कठिनाइ हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासा गरे । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेकी एक जना ७ महिनाको गर्भवती महिलालाई समेत कठिनाइको सामना गर्नु परेको हुँदा उनीलाई झनै सास्ती भोग्नु परेको कर्तव्य ज्यान मुद्दाका अर्का कैदी विष्णु रायले बताउनुभयो ।

ठाउँको अभावमा राती सुत्न पनि निकै समस्या हुने गरेको उनीहरूको गुनासो उनीहरुको छ । दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काटन समेत निकै अप्ठ्यारोको सामना गर्नुपर्ने भएको चौकीदार मनोज कुमार बैठाले आफ्नो पिडा सुनाउनुभयो । कुनै बेला भवन भत्किने सक्ने सम्भावना रहेकाले झनै चिन्ताले सताउने गरेको उहाँले बताउनुभयो ।

‘भवन निकै पुरानो भएका कारण बर्खायाममा पानी चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नु हुने जस्ता समस्या भएको गुनासा पटक पटक कैदी बन्दीहरूले मलाई भने पनि आफूले मातहतका माथिल्लो निकायमा उनीहरूको पीडाका बारेमा जानकारी गराउने गरेको’ कारागार प्रमुख साहले बताउनुभयो ।

कारागारको चारैतिर रहेको पर्खाल पुरानो भएको, ठाउँ ठाउँमा चर्कोको, बागो रहेको हुँदा भवन भत्कने सम्भावना उतिकै रहेको हुँदा तत्कल चारैतिरबाट वालको मर्मत सम्भार गर्नु नितान्त आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो ।

१० कठ्ठा १० धुरमा सो कारागारको जग्गा पुर्जा रहेपनि दक्षिणतिर २ देखि ३ कठ्ठा जति व्यक्तिहरुले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार सम्वेदशिल रहेको उहाँले बताउनुभयो । वाल ठुलो नहुनुले पनि जोखिमको सामना गर्नुपर्ने हुन्छ उहाँले बताउनुभयो ।

भेटघाट कक्ष निकै नै साँघुरो रहेको , फोन गर्ने ठाउँ समेत सानो रहेको, ढल निकास समेतको व्यवस्था नरहेको हुँदा ढलको निकास एव भेटघाट कक्ष तथा फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहेपनि बजेट अभावका कारण गर्न नसकेको कारागार प्रमुख शाहले जानकारी दिनुभयो ।

रोडको सतह र जेलको कम्पाण्उडकाे उचाई उस्तै उस्तै भएको हुँदा बेलाबखतमा कैदीहरूले हाम फालेर भाग्ने कोसिस पनि नगरेको होइन । त्यसैले जेललाई पुन निर्माणको अति नै खाँचो भएको हुँदा सो प्रक्रियामा सरकारको ध्यान जान जरुरी रहेको छ । सईको कमाण्डमा २९जना सुरक्षा बल परिचालनमा रहेको छ ।

बाँकेमा कारागार निर्माण भइसकेको र नुवाकोटमा बन्दै गरेको हुँदा चाडै निर्माण सम्पन्न भएपछि क्षमता भन्दा बढी कैदी रहेको ठाउँबाट ल्याई राख्ने व्यवस्थामा जुटी रहेको गृह मन्त्रालयको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसी रहेको भएपनि त्यसलाई पुनः निर्माण गर्ने कामहरूको पनि थालनी भइरहेको जानकारी दिनुभयो । आफूलाई सहज हुने ठाउँ नै कैदीहरूले रोज्ने एव बाहिर जान नमान्ने भएको हुँदा पनि समस्या सृजना हुने गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button