तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती लोकमार्ग पूर्ण मापदण्ड अनुसार सुधार हुन्छ : मन्त्री ज्वाला

सल्यान । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती लोक मार्गलाई पूर्ण मापदण्ड अनुसार सुधार गरिने बताउनु भएको छ । राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण नागरिकहरूले ज्यान गुमाएको भन्दै लोक मार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताउनु भयो ।

मन्त्री ज्वालाले यसै चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने गरी ९० करोड बजेट बिनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोक मार्गमा नागरिकहरूलाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व बताउनु भयो । उहाँले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन्न गर्न अनुमानित ३ अर्ब ६० करोडको बजेट लाग्ने देखिएकाले बजेटको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताउनु भयो ।

बुधबार कपुरकोट गाउँपालिका भित्रका क्रियाशील राजनीतिक दलहरूको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ज्वालाले कपुरकोट बजार क्षेत्रको लोक मार्ग दिनानुदिन भासिँदै गएकाले यसको वैकल्पिक व्यवस्थाका लागि बिज्ञहरुसंँग छलफल भइरहेको बताउनु भयो । उहाँले कपुरकोट,कोइला औद्योगिक सडकका कारण नागरिकहरूमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि उद्योग मन्त्रालयसँग छलफल समेत चलाएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button