निजगढ नगरपालिकालाई एभोकाडो नगरको रुपमा चिनाउने

बारा । बारा जिल्लाको निजगढ नगरपालिकालाई एभोकाडो नगरको रुपमा चिनाउने २ हजार ८ सय ९० घरधुरीलाई बिरुवा प्रदान गरि रोप्ने अभियानको थाल्नी गरिसकेको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका युवा नेता तथा सामाजिक अभियन्ता रविराज दंगालले नगरभित्रका ५ हजार ७ सय ८० बिरुवा अभियान अन्तरगत रोप्ने कार्य सम्पन्न गर्नुभएको छ ।
भदौ २ गते शुरुवात गरिएको एभोकाडाेको बिरुवा निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक विद्यालयबाट रोप्ने अभियान शुरु गरेको बताउँदै अबको ३ वर्षमा नगरलाई एभोकाडो नगरको रुपमा परिचित गराउने नेता दंगालले भन्नुभयो ।
निजगढ नगरपालिका भित्रमा १२ हजार घरधुरी रहेकोमा सार्वजनिक ठाँउहरु समेतमा गरि २५ हजार बिरुवा रोप्ने लक्ष्य अनुसार काम अगाडी बढाइएको नेता दंगालले जानकारी दिनुभयो । अभियान भने जारी रहने छ ।
निजगढको वातावरण हराभरा एवम् स्वच्छ राख्नका लागि एक घर २ बिरुवा निःशुल्क रुपमा प्रदान गर्दै आएको बताउँदै एक बिरुवाबाट रु ३० हजार देखि ४५ हजार सम्म फुलबाट आम्दानी गर्न सक्ने दंगालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्