तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित, पाटीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको आकस्मिक सचिवालय बैठकले तीन दिन सम्म देशका सबै पाटी कार्यालयमा पाटीको झण्डा आधा झुकाउने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

यसैगरी सचिवालय बैठकले केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र इलाम कार्यालयमा शोक पुस्तिका राख्ने, पाटीका औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गर्ने, आउँदो असोज २ गते स्वर्गीय नेम्वाङको सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको नेता ज्ञवालीले बताउनुभयो  । 

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको हृदयाघातका कारण आज बिहान निधन भएको हो । 

उहाँको पार्थिव शरीरलाई ललितपुर स्थित केन्द्रिय पार्टी कार्यालय च्यासलमा भोलिसम्म श्रद्धाञ्जलीका लागि राखिने नेकपा एमालेले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button