तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी काङ्ग्रेसका संस्थापक सभापति नेपालको निधन

नवलपरासी ।नेपाली काङ्ग्रेसका संस्थापक जिल्ला सभापति प्रजातन्त्र सेनानी पुर्ण चन्द्र नेपालको निधन भएको छ ।

मध्यबिन्दु नगरपालिका–३ लेडाहा निवासी नेपालको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो । नेपाल करिब २०३० सालदेखि ३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएर काम गर्नु भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल जीवन बिताउनु भएका नेपाल निष्ठावान् राजनीतिज्ञको छवि बनाएको नेतृत्व भएको जिल्लाका काङ्ग्रेस नेताहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button