तपाईँ सुन्दै हुनुहुन्छः

नेम्बाङ एउटा सरल स्वभावको मृदुभाषी नेता : खनाल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनालले गहिरो शोक व्यक्त गर्नुभएको छ । आफ्नो सात कक्षादेखिको सहपाठी रहेका नेम्वाङको निधनप्रति भावुक बन्दै खनालले उहाँको निधनले सिङ्गो देशलाई अतुलनीय क्षति पुगेको बताउनुभएको छ ।

‘संविधान सभाका अध्यक्ष,नेकपा (एमाले) पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य कमरेड सुवासचन्द्र नेम्बाङको आज बिहान हृदयघात भएर असामयिक निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा सर्वप्रथम म भद्र नेता कमरेड सुवासचन्द्र नेम्वाङ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’, उहाँले भन्नुभएको छ ।

एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले भन्नुभएको छ – ‘सुवासचन्द्र नेम्बाङ एउटा सरल स्वभावको मृदु भाषी नेता हुनुहुन्थ्यो । वहाँ एउटा कुशल सांसद हुनुहुन्थ्यो । निकै लामो समय वहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो । संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ‘

प्रतिक्रिया राख्नुहोस्

Back to top button