तपाईँ सुन्दै हुनुहुन्छः

धागो उत्पादन संघको सहयोगमा ३० जना महिलाले रोजगारी पाए

काठमाडौं । युएसएआईडी अन्तर्गत विनरक इन्टरनेसनलको को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल धागो उत्पादन संघले माइती नेपाल भैरहवा शाखाको समन्वयमा सञ्चालन गरेको कार्यक्रममा सहभागी ६५ जनामध्ये ३० जना महिलाहरूले नाम निकाल्न सफल भएका छन् । उनीहरूमध्ये २० जना महिलाले आजैदेखि जगदम्बा स्पिनिङ मिल्स भैरहवामा काम सुरु गरेका छन् ।

पाँचवटा धागो उत्पादक कम्पनीहरूको संगठनका रूपमा रहेको यो संघमा रिलायन्स स्पिनिङ मिल्स, जय स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिकोट इन्डष्ट्रिज सदस्य रहेका छन् ।

यी कम्पनीहरूले वार्षिक रूपमा ११ अर्ब रुपैयाँभन्दा बढीको धागो र कपडाहरूको निर्यात गर्दै आएका छन् । नेपाल धागो उत्पादन संघका अधक्ष्य पवनकुमार गोल्यानका अनुसार अबको एक वर्षभित्र ३ हजार ५ सय ५० जना धागो सम्बन्धित दक्ष कामदार उत्पादन गर्ने योजना रहेको छ ।

संघका अनुसार निर्धारित समयमा लक्ष्य बमोजिमका दक्ष कामदारहरू प्रशिक्षित तथा रोजगार गरिसक्ने योजना बनेको छ ।

नेपाल धागो उत्पादन संघका परियोजना स‌योजक मनोजकुमार सुनुवारका अनुसार धागो कम्पनीहरूले आफ्ना कामदारलाई नेपाल लेबर ऐन २०७४ का अनुसार सेवा सुविधा, आवास व्यवस्थाको साथसाथै कामदारहरूको सुरक्षा नीति पनि अपनाइएको हुनाले कार्यक्षेत्र भित्र कुनै किसिमको हिंसा हुन नदिन कटिवद्द छ । साथसाथै सीपको पनि विकास गर्दै आत्मनिर्भर बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विनरक इन्टरनेसनलका दुर्गामणि न्यौपानेले रोजगारीले महिलाहरूको जीवनमा आर्थिक परिवर्तन ल्याउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे । सन् १०९९७ मा गठन भएको यो संस्था धागो उत्पादक कम्पनीहरूको छाता संस्था हो । जसले धागो उत्पादन गरिरहेका कम्पनीहरूको विस्तार र निर्यात क्षमता अभिवृद्धिमा रहेर काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button